दैनिक बिहान खाली पेटमा जिरा पानी पिउनाले तौल र मोटोपन घटाउनुको साथै यस्ता छन्,७ फाइदाहरू

काठमाडौं। मोटोपनाका कारण मानिसहरु स’मस्यामा पर्ने गरेका छन् । शरीर मोटो हुँदा विभिन्न रो’गको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ ।

 

 

पेट तथा श’रीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत स’मस्या पर्छ ।

 

मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपना घटाउन सकिन्छ । तर, यो सँगै व्या’याम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन् ।

 
यसरी घटाउन सकिन्छ मोटोपन

 

दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।

 

 
जिराले हाम्रो शरिरभित्र रहेको बो’सोलाई शरिरमा अवशोषित हुन दिँदैन । तातो पानी र कागतीले शरिरमा जमेको बो’सोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

 

 

यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न । बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

 

 

खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् । राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् ।

 

 

दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् । खाना खाँदा चिसो पानी नपिउनुहोस् । मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् ।

 

 

गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् । यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन।

यस्ता छन् ७ फाइदा 

१- जिरा पानीले एसिडको असरलाई कम गर्दछ। दैनिक बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ।

 

 

२- जिरा पानीले रगत प्रवाह ठिक राख्दछ। साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ।

 

 

३- शरिरको अशुद्धी बाहिर निकाल्न मद्धत गर्छ। यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरि विभिन्न रोगबाट बचाउँछ।

 

 

४- जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ।

 

 

५- जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ। शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ।

 

 

६- जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ।

 

 

७- जिरा पानी नियमित पिउँदा शरिरमा बोसोको मात्र सन्तुलित हुन्छ। शरिरको तौल घटाउँन मद्धत गर्छ।