बाढी र पहिरोका कारण यी १७ राष्ट्रिय राजमार्ग अवरुद्ध

काठमाडौं। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकभरका १७ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्।

 

सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई शनिबार विहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ।

 

 

डुम्रे–बेशीसहर–चामे–मनाङ सडक अवरुद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गपनि अवरुद्ध रहेको विभागले जनाएको छ।

 

 

बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक खण्डपनि अवरुद्ध रहेको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ।

 

 

कान्ति राजपथको जीतपुरमा पहिरोले बाटो अवरुद्ध भएको छ। विभागका अनुसार मुग्लिन–नारायणघाट सडक खण्ड अन्तर्गत ४ किलो, १४ किलो र २० किलोमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।

 

 

त्यस्तै विपी राजमार्ग पनि विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण सडक अवरुद्ध रहेको विभागले जनाएको छ।