आज यी दुइ प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्रभारी वर्षा भैरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती ददेशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

 

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारीर धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

 

त्यसैले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।