नेपाल पक्षका नेताहरु १० बुँदे सहमतिमा असन्तुष्ट, केन्द्रीय कमिटी बैठक बस्दैँ

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भित्रका नेताहरु १० बुँदे सहमतिमा असन्तुष्ट भएको देखिन्छ ।

 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरू कार्यदल नै बनाएर पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधान गर्न क्रियाशील थिए। उनीहरूले आइतबार बेलुकी १० बुँदे सहमतिका प्रस्ताव सार्वजनिक गरेका थिए।

 

कार्यदलले गरेका सहमतिलाई अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने गरी गलत व्याख्या नगर्न भन्दै नेता नेपालले पनि असन्तुष्टि जनाइसकेका छन्।

 

नेपाल पक्षका अन्य नेताले पनि ‘प्रतिगमनको मतियारसँग झुकेको’ भन्दै कार्यदलको उक्त सहमतिप्रति असन्तुष्टि जनाएपछि आज केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

 

कार्यदलले पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत १० बुँदे सहमति गरेको थियो। उक्त सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी थियो।