अब रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउँछौँ: ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

 

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

 

अध्यक्ष ओलीले पार्टीका विचार, उद्देश्य र नीति कार्यक्रम लिएर जनताका बीचमा जाने बताए ।  यसरी जाँदा जनताको समर्थन पाउने उनले विश्वास व्यक्त गरे ।