माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । माओवादी केन्द्रले संसदीय दलको बैठक आज बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारमा बैंठक बस्न लागेको हो ।

 

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। सो बैंठकमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो ।