आज दिउँसो बाग्मती प्रदेशसहित यी ६ प्रदेशका धेरै स्थानहरुमा हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था गण्डकी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

आज प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको हुनाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।