बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

काठमाडाैँ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय एक पुरूष पक्राउ परेका छन् । आज बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे पक्राउ परेका हुन् ।

 

थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।