६० बर्षीय बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौँ। प्रहरीले ६० बर्षीय बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपाली रहेका छन् ।

 

घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भएको प्रहरीको दाबी छ । अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।