आज दिउँसो यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग भन्दा केही दक्षिण तिर रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

 

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।