२४ सय ३३ कोरोना संक्रमित फेला, २६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

 

 

यस्तै सोही अवधिमा १९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् ।

 

यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।