माधव नेपालको आरोप – ‘ओली कम्युनिष्टको नाममा कलंक’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीकै कारण पार्टी मृत अवस्थामा पुगेको बताए ।

 

 

अध्यक्ष नेपालले प्रधानमन्त्री नहुने हो भने ओलीले कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गरे । साथै उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको आरोप लगाए ।

 

यस्तै नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरेका छन् ।