मणिपाल मेडिकल कलेजको व्यवस्थापनका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको अध्यक्ष गजुरेलको चेतावनी

काठमाडौँ । मणिपाल मेडिकल कलेजमाथि भएको खरिद बिक्रि सम्झौताको विरूद्धमा कलेजको मुलगेटमा अखिल (क्रान्तिकारी) ले विरोध प्रर्दशन गरेको छ । शुक्रबार अखिल (क्रान्तिकारी) ४ नं प्रदेश समितीको आयोजनामा पोखराको फूलबारी स्थित मणिपाल मेडिकल कलेजमा विरोध प्रर्दशन गरेको हो ।

 

नारा जुलुसबाट सुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले अर्गनाइजेसनका आनन्दराज बतास, अटोवेज समूहका नारायण पौडेललाई नहटाए सो कलेजको व्यवस्थापनका लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको चेतावनी दिएका छन् ।

 

 

जनप्रर्दशन कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)  का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल , विशेष अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका ४ नं प्रदेशका अध्यक्ष क. नेत्ररानाभाट रहेका थिए । भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का ४ नं प्रदेश संयोजक क.मनकुमार न्यौपानेले गरेका थिए ।