नेपालमा थप १६ सय ७७ जना कोरोना संक्रमित फेला

काठमाडाैँ । नेपालमा थप १६ सय ७७ जना कोरोना संक्रमित फेला परेका छन् । मंगलबार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १४ सय २३ जना र ३९ सय २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६ सय ७७ जना संक्रमित फेला परेका हुन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ७२ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ ।

 

 

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।