बालुवाटारमा गठबन्धनको बैठक सरु, यी विषयमा छलफल हुँदै

काठमाडौं। सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा सुरू भएको छ। बैठमा मन्त्रिपरिषद विस्तार गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गर्न सर्वोच्च अदालतमा दायर रिटमाथि अन्तिम निर्णय लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न चाहेको बताइएको छ।

 

 

यसअघि १४ सांसदमाथि दायर मुद्दाको टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति दलहरूबीच भएको थियो।

 

 

तर, सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषद विस्तार हुन नसकेर चौतर्फी आलोचना सुरू भएपछि देउवा सरकारलाई पूर्णता दिन खोजेका हुन्।राष्ट्रिय जनमोर्चा सहभागी छैन।