कांग्रेसका पूर्वसांसद राजवंशी गरे एमाले प्रवेश

काठमाडौं। तत्कालीन संविधानसभाका सदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

 

हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन्।

 

 

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे।

 

 

राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो। दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए।