आज दिउँसो देशभर सामान्यतया सफा देखि आंशिक बदली रही हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

 

देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ।

 

 

 

आज दिउँसो देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भूभागको एकदुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भूभागका वा दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

 

 

 

देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।