पहिरोले घर पुरिँदा एकै घरका ६ जना बेपत्ता

सांकेतिक तस्वीर

काठमाडौं। सोमबार देखिको निरन्तर परेको वर्षाका कारण आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँको बिचदउडामा रहेको धनबिरे शाही परिवारकै ६ जना बेपत्ता भएका छन् । पहिरोले मंगलबार राति घर पुरेको प्रहरीले जनाएको छ ।

 

 

 

पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएको प्रहरीले जनाएको छ ।

 

 

 

रातको समयमा पहिरो आएका कारण उद्धारमा समस्या भएको र भर्खरै घटनास्थलमा प्रहरी टोली पुगेको हुम्लाका प्रहरी प्रमुख प्रनाउ हेरम्भ शर्माले बताए ।