काठमाडौं मै पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं। पानी पोखरीमा डुवेर दुई वालकको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ५ चारधारे नजिकैको पोखरीमा डुबेर सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका ३ घर भएका सुजन लामाको ५ वर्षीय छोरा सुदिन लामाको बिहीबार दिउँसो मृत्यु प्रहरीले जनाएको छ ।

 

 

 

त्यसैगरी सर्लाहीको रहथवा नगरपालिका ७ बस्ने पर्सा र्सागढी नगरपालिका २ घर भएका रिजमान अंसारीको २ वर्षीय छोरा समिर अंसारीको घर पछाडि पानी जमेको खाल्टोमा डुबेर बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको हो ।