आज मिति २०७८ साल कार्तिक १४ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ- बिभिन्न बिलाशी बस्तु तथा भौतिक सम्पति हात लागी हुँने योग रहेकोछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममको डोरो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । चिठ्ठा तथा लट्री पर्ने प्रशस्त सम्भावना रहेकोछ । सन्तान तथा आफन्तको प्रगतिमा मन रमाउँनेछ ।

 

 

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो- बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

 

 

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा- व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो- अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

 

 

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे- व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

 

 

 

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो- कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

 

 

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते- पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ते हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।

 

 

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू- व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

 

 

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे- लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी- भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

 

 

 

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा- पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची- पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।