आज दिउँसो यी प्रदेशहरूका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशको पहाडी भुभागमा आंशिक बदली रहेको छ र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

आज दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १ को पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

 

 

 

त्यस्तै आज राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

 

 

 

प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।