एमसीसी सम्झाैता र पेट्रोलियम पदार्थमा गरिएको मुल्य वद्धि खारेजीको माग गर्दै विराेध प्रदशन

चितवन। नेपालमा लागू गर्न लागिएको राष्ट्रघाती एम. सी. सी.सम्झाैता खारेजी र पेट्रोलियम पदार्थमा गरेको मुल्य वद्धि लगायत बढदो महंगी खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल , नेकपा मसाल, राष्ट्रिय जनमोर्चा , नेकपा माले ,नेकपा (ऋषि कट्टेल), जनसरोकार मञ्च नेपाल लगायतका सातवटा राजनीतिक संगठनको नेतृत्वमा विरोध सभा चितवनको पुल्चोकमा सम्पन्न भएको छ।
 
 
 
 
नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी अशोक शर्मा, नेकपा मालेका केन्द्रीय सदस्य भगवती घिमिरे , राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्मर पुरी, जनसरोकार मञ्चका फणीन्द्र आचार्य , नेकपा ऋषि कट्टेलका बद्री अधिकारीले विरोध मन्तव्य व्यक्त गर्दै लिपुलेकमा जनगणना गर्न, पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धि फिर्ता गर्न र एम.सी.सी. परियोजना अविलम्ब खारेज गर्न वर्तमान सरकारलाई आग्रह गर्दै फिर्ता नगरे जनताको संघर्षको आधिबेहेरीले दलाल संसदीय व्यवस्था ढाल्ने चेतावनी दिए।
 
 
 
नेकपा (क्रान्तिकारी माओवादी)का वैकल्पिक केन्द्रीय सदस्य घननाथ सापकोटा विकाशको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा मसालका प्रवक्ता मेघराज ढकालले गरेका थिए।
 
 
 
मध्याह्न १२ बजे लायन्स चोकबाट शुरु भएको नाराजुलुससहित जनताको शक्ति पुल्चोक पुगेर विरोध सभामा परिणत भएको थियो।