काठमाडौंको माइतीघर मण्डलामा क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाको विरोध प्रदर्शन

काठमाडौं ।क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

 

 

 

 राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने षड्यन्त्र भइरहेको र पास भए देशको स्वाधीनता र सार्वभौमिकता गुम्ने स्थिति आउने भन्दै अविलम्ब खारेजी गर्न जबस मोर्चाका नेताहरुले जोडदार माग गरेका छन्।  

 

 

त्यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले आजको आन्दोलन संकेतिक भएकोले सानो नदेख्न चेतावनी दिएका छन्।

 

 

उनले भने, यो आन्दोलन आगोको झिल्को हो यसले भोलीका दिनमा राकोको रूपलिनेछ र राष्ट्रघाती एमसीसी पास गर्न खोज्ने दलालहरूलाइ यही आगोको राकोले जलाउनेछ भन्दै चेतावनी दिए । 

 

अब सबै देशभक्त नेपालीलाइ राष्ट्रघाती एमसीसीको विरोधमा आउन पनि अध्यक्ष गजुरेलले आग्रह गरेका छन्। 

 

 

 

राष्ट्रघाती एमसीसीको विरोधमा २८ गतेसम्म लगातार विरोधका कार्यक्रम रहेको पनि गजुरेलले जानकारी पनि गराएका थिए। 

 

 

त्यस्तै कुनै हालतमा राष्ट्रघाती एमसीसी पास गर्न नदिने र अबका दिनमा देशभक्त सबै नेपालीलाइ सडकमा ल्याउने र त्यसको नेतृत्व आफ्नो पार्टी र आफु जस्ता युवाहरूले लिने पनि गजुरेलले बातएका छन् ।  

 

विरोध कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले गरेका थियो ।

 

त्यस्तै नो एमसीसी लेखिएका प्लेकार्ड, ह्याट, ब्यानर, झण्डासहित गरिएको विरोध प्रदर्शनमा एमसीसी खारेजीको माग गर्दै नारबाजी समेत गरिएको थियो ।

 

 

 

 त्यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जनलगायतका वक्ताहरुले विरोध मन्तव्य राख्दै एमसीसी सम्झौ खारेज नगरिए देशव्यापी रुपमा आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी दिनुभयो ।