हृदयेश त्रिपाठीले गरे नयाँ पार्टीको नाम घोषणा

काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पाटीे जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका छन्।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका हुन् ।

 

 

 

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।

 

 

 

 

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए ।

 

 

प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।