काँग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पुनः दोस्रो पटक शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

 

गत शुक्रवारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो। हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।

 

 

उनलाई सभापति पदका लागि २ हजार ७३३ मत प्राप्त भयो भने प्रत्याशी शेखर कोइरालालाई १हजार ८५५ मत प्राप्त भयो।

 

 

निर्वाचन समितिका अनुसार तर अन्तिम आधिकारिक मत घोषणा गर्न भने बाँकी छ । दोस्रो पटकको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको छ । निर्वाचनमा ३५ मत बदर भएको छ ।

 

 

 

पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँच जना उमेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाक बीच मंगलवारर दोस्रोचरणको मतदान भएको थियो ।