नेपालमा थप २६० जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

काठमाडौं ।नेपालमा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

 

 

योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन् ।

 

 

 

योसँगै निको हुनेको संख्या आठ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

कोरोनाबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

 

 

 

यसैगरी पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ ।