अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल सुरु,बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने

काठमाडौं ।माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल सुरु भएको छ। छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।

 

 

 

 समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।

 

 

माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा छलफलमा बसेका छन् ।

 

 

 

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।