घोराहीमा स्थानीयले आफ्नै लगानीमा सडकको ट्याक खोल्दा विकास विरोधि केहि व्यक्तिले गरे विरोध (हेर्नुस प्रमाणसहित)

सांकेतिक तस्वीर

काठमाडौं।दाङको घोराही उप-महानगरपालिका वडा नं .१७ मा पर्ने भैसाही हुँदै ओखरा जाने घोराही लमहि सडक अर्न्तगतको सडकको ट्याक गाउँलेहरूको आफ्नै लगानीमा खोल्दा विकास विरोधि केहि व्यक्तिहरूले विरोध गरेका छन्।

 

 

 

उक्त बाटो खोल्न विभिन्न संघ संस्थाहरूसँग गाउँलेहरूले स्वीकृति लिएपछि केही व्यक्तिहरूको व्याक्तिगत स्वार्थले गर्दा उक्त काम रोक्न खोजेको स्थानीयहरूले बताएका छन्।

 

 

 

गाउँको हितविपरित चाहाने व्यक्तिले आफ्नो स्वार्थको निम्ति केहि गाउँलेहरूसँग सस्तोमा जग्गा खरिद गरेकोमा सो जग्गा अहिले गाउँले मिली बाटो खोले पछि जग्गाको मूल्य वृद्धि हुँदा केही व्यक्ति पिडामा परेको दामोदर घिमिरे ,उमानन्द खनाल र तुला प्रसाद घिमिरेलगायतका स्थानीयले जानकारी दिए। 

 

 

 

 उक्त कुलोको १० देखी १४ मिटर सम्म चौडाइ भएकाले उक्त कुलाको पश्चिम भागमा रहेको नारायण पोख्रेलको नाममा दर्ता श्रेस्ता भएको जमिनबाट गाउँलेहरूको लगानीमा बाटो खोल्न संघ संस्थाहरूबाट स्वीकृति लिइ बाटो बनाउन खोज्दा विकास विरोधि ऋषिराज पौंडेललगायतका केही व्यक्तिहरूले विरोध गरेको उनिहरूले जानकारी दिएका छन्।  

 

 

 

बाटो चौंडा हुने गाउँविकास हुने देखेर आफ्नो सिमित स्वार्थ पूर्तिको लागि विकास निर्माणका काम रोक्नु  गाउँ समाजको हित विपरित भएको उनिहरूले जानकारी दिएका छन्।

 

 

 

उनिहरूले भने,  ऋषिराज पौंडेल लगायतका व्यक्तिहरू पक्कै पनि सकारात्मक भूमिका निभाउनु हुनेछ भन्ने हामीले आशा गरेको उनिहरूले बताए।

 

 हेर्नुस् यस्ता छन् प्रमाणहरू-