नेपालमा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि,थप २ जनाको मृत्यु

काठमाडौँ। नेपालमा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ।

 

 

आइतबार २०९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन्।

 

 

गत २४ घन्टामा ५ हजार ९६२ पीसीआर तथा १ हजार ६६९ एन्टिजेन परीक्षण भएको छ।