भारतले लिम्पियाधुरा–लिपुलेक–कालापानीलगायतका क्षेत्रको नेपाली भूमि गाभेर जारी गरेको नक्साको क्रान्तिकारी माओवादीद्वारा विरोध

फाइल फाेटाे

काठमाडौं ।नेकपा क्रान्तिकारी मओवादीले लिम्पियाधुरा–लिपुलेक–कालापानी लगायतका क्षेत्रलाई भारतले आफ्नो नक्सामा गाभेर फेरि नक्सा जारी गरेकोमा विरोध जनाएको छ।

 

 

 

  भारतको यस्तो हर्कतको पार्टीका प्रवक्ता प्रतीकले जारी गरेको वक्तव्यमा भनिएको छ, भारतीय विस्तारवादी शासकवर्गले नेपाली गाउँहरु कुटी, नावी, गुुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरासम्मको क्षेत्र भारतमा पर्ने गरी दशौं संस्करणको नक्सा बाहिर ल्याएको छ ।

 

 

उक्त नक्सामा महाकाली नदीलाई कुटी याङ्ती नाम दिइएको छ भने लिपुलेकबाट आउने सानो खोलालाई काली भनिएको छ । आठौं र दशौ संस्करणमा काली नाम दिइएका नदीहरु फरक–फरक रहेका छन् ।

 

 

 

दशौ संस्करणको नक्सा उपरोक्त नेपाली गाउँहरु र लिपुलेकदेखि लिम्पियाधुरासम्मको सम्पूर्ण नेपाली भूूभाग भारतको भूूमिमा पर्छ भन्ने प्रमाण देखाउने कलुषित उद्देश्यले तयार पारिएको कुरा प्रस्ट छ ।

 

 

 

मंगलबार जारी वक्तव्यमा अगाडि भनिएको छ, नेपाली नक्सा अनुसारको आफ्नो भूभाग फिर्ता ल्याउन पहल गर्नुको साटो उक्त नेपाली भूूमिलाई भारतमा पार्ने उद्देश्यले तयार पारिएको नक्साका सम्बन्धमा नेपाल सरकार, गठबन्धनमा सामेल पार्टीहरु र प्रतिपक्षी दल समेतले आजसम्म एकशब्द नबोल्नु सरकार र संसदवादी पार्टीहरुको भारतभक्तिको उदाहरण हो ।

 

 

 

यसप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ र यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज बुलन्द गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरु समक्ष हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

प्रेस वक्तव्य-