क्यासिनो -याडले मजदुरको कल्याणकारी कोषको करोडौं रकम हिनामिना गर्न दुइवटा बैंक खाता संञ्चालनमा (प्रमाणसहित)

काठमाडौं। काठमाडौंको लाजिमपाटस्थित होटल -याडिसनमा रहेको क्यासिनो -याडले मजदुर तथा कर्मचारीबाट संकलन गरेको कल्याणकारी कोषको रकम  हिनामिना गर्न दुइवटा बैंक खाता संञ्चालनमा गरेको पाइएको छ। 

 

 

२०६३सालमा तत्कालीन श्रम ऐन २०४८ को दफा ३६ बमोजिम कर्मचारी मजदुरहरूको भलाईको लागि स्थापना भएको कल्याणकारी कोषमा क्यासिनो-याड व्यवस्थापनले आँखा लगाउदा मजदुरहरूले आफ्नो काटीयको रकम समेत पाउन बन्चित भएका छन्।

 

 

 

 मजदुरहरूको बिभिन्न समयमा तलवबाट ५० देखी ५०० रूपौयाँसम्मका दरले काटिएको रकम मजदुरहरू कै भलाइका लागि भनेर काटिएको थियो ।

 

व्यवस्थापन र मजदुर प्रतिनिधि समेतको आस्वासन पछि मजदुरहरू रकम कोषमा जम्मा हुँदा आफ्नो भलाइ हुने आशामा हामीहरू खुशी नै भएका थयौैं।  

 

 

 

 कोषको रकम भैपरी आउँदा मजदुर हरूले  नै लोनका रूपमा लिन पाउने र काम छोडेर जाने अबस्थामा सबै रकम एकमुष्ट पाउने भएपछि खुशी नहुने त कुरै भएन भनेर पिडित मजदुरले नाम नबताउने सर्तमा गुनासाे गरेका छन्। तर कोष स्थापना भएको केही बर्ष पछि नै व्यवस्थापनको गिद्धे नजर परेपछि मजदुरहरू अहिले  अन्योलमा परेकाे पिडित मजदुरले बताए।

 

 

क्यासिनो -याडले मजदुरहरूको कल्याणकारी कोषमा आँखा लगाएको स्पष्ट प्रमाणको रूपमा बैंक खाता समेत २ वटा हुनुले स्पष्ट पारेकाे देखिन्छ। क्यासिनाेकाे याे सम्मकाे हर्कतले गर्दा अहिले हामी सम्पर्ण मजदुर पिडीत भएकाे उनले बताए।

 

 

काेषकाे स्थापना कालमा ४ जनाको संयुक्त नाममा खोलिएको खाता सुरूमा  (E. Rai/B.S/K.B/P.k) Saving Account NPR 00105010142326) रहेकोमा पछि यसलाई समेत परिवर्तन गरी सोही बैंक मा (Prasanna/Binod/Prakash/Kamal)/Saving Account NPR 00105010269025   फरक खाता खोलिएको पाइएको छ ।

 

 

 

बैंक खाताबाट पैसा निकाल्न मजदुर प्रतिनिधि १ जना र व्यवस्थापन १ जनाको हस्ताक्षर अनिवार्य गरिएको भएपनि अहिले यो खातामा मजदुरकाे सबै रकम हुनु पर्नेमा अहिले केही रकम मात्र रहेकाे  बुझिन अाएकाे छ। तर यसमा तत्कालीन मजदुर प्रतिनिधि र कोष सम्बद्ध पदाधिकारी समेतको संलग्नताको प्रयाप्त शंका गर्ने आधारहरू भेटिन्छन्।

 

 

 

यस विषयमा हामीले नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग शाखामा सम्पर्क गर्दा बैंकले रकम कहाँवाट कसरी कसले हस्ताक्षर गरेर कुन हेतुले निकालिएको थियो भन्ने बारेमा त जानकारी दिन चाहेन। तर बैंक खातामा उल्लेखनीय रकम भने नरहेको कुरा स्पष्ट गरेको छ।

याे विषयमा अझै बुझ्ने काेशीस गरि रहेकाे सम्बन्धित पिडित मजदुरहरूले जनाएका छन्।

यस्ताे छ, क्यासिनाे -याडकाे हर्कत-