काठमाडौँ उपत्यकामा मात्र थप ५,५४९ जनामा कोरोना संक्रमण

काठमाडौँ। काठमाडौँ उपत्यकामा मात्र थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन्।

 

 

यस्तै पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ।

 

 

यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन्।

 

गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको छ।