जनगणतन्त्र नल्याई देश अघि बढ्दै बढ्दैन

– प्रेम सुवेदी

बिदेशीको हस्तक्षेपले देश घायल र उत्पीडनमा परेको यो बेला

 

शासकहरु निहित स्वार्थका लागि सौदावाजी गरिरहेको बेला

 

कायर रऔसरवादीहरु झिङ्गे दाउ हेर्दै एता उता नाचिरहेको बेला स्वाभिमानीहरुले बिद्रोहकोआगो सल्काउन अव गर्न हुन्न ढिला ।

 

 

स्वाभिमान र स्वाधीनताको लडाइँमा भाग्नेहरु नागरिक हुदैनन बिदेशी इसारामा नीति निर्माण गर्ने दलालहरु देशको नेता रहदैन

 

दलाल र तिनका मालिकहरुको शेखी नतोडे सम्म देश बन्दैन

 

त्यसैले अब वीर देशभक्तहरुले आन्दोलन र एकता नगरी हुदैन ।

 

पुर्खाहरुको वीरताको गीत मात्र गाएर हाम्रो सार्वभौम रहदैन

 

जनताको दैनिक जीवन नचल्ने लोकतन्त्रको कुनै अर्थ हुदैन

 

राष्ट्र र जनताको सेवा नगर्ने सुरक्षा नीतिको कुनै महत्व हुदैन

 

त्यसैले अब जनगणतन्त्र नल्याई देश अघि बढ्दै बढ्दैन ।