उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा कोभिड सचेतना जगाउन स्टिकर अभियान शुरु

काठमाडौँ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका लागि सावधानीका उपायहरु पूर्ण रुपमा पालना भएको छैन ।

 

 

 

काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने र मास्क अनिवार्य गर्न निर्देशन दिएको छ । तर सो आदेश पालना भएको छैन।

 

 

 

यही सन्दर्भमा बिहीबार ट्राफिक प्रहरीले काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधानमा सचेतनामुलक अभियान चलाएको छ । स्वास्थ्य मापदण्ड पालनाका लागि प्रशासनको निर्णय बारे जानकारी गराएको छ।

 

 

 

प्रहरीले सवारी साधनमा प्रवेश गर्दा मास्क लगाउन आग्रह गरिएको जनचेतनामुलक स्टिकर टाँसेको छ। ट्राफिक प्रहरीले प्रशासनको आदेश पालना नगरेमा कारवाही गर्ने चेतावनी समेत दिएको छ।