ललितपुर जिल्ला प्रशासन कार्यालय भन्यो यी सवारी साधनमा जोर बिजोर लागू हुँदैन (विज्ञप्तिसहित)

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै आज राति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुँदैछ । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले जोरविजोर लागू गर्ने आदेश जारी गरिसकेको छ।

 

 त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारे जानकारी गराएको छ । प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।

 

यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाउनेछन् ।

 

 

यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्तीमार्पत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तिय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागु हुनेछैन ।

 

 

पत्रकारको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएकाहरुको सवारी सधान तथा कूटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू नहुने ललितपुर प्रशासनले जनाएको छ ।

हेर्नुस् विज्ञप्ती