बन्चरो प्रहार गरेर बुबाले २० वर्षीय छोराको हत्या

सांकेतिक तस्विर

काठमाडौं।  सिरहामा घरायसी विवादमा बुवाले छोराको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएका छन् ।

 

 

 

६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नो २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।

 

 

 

उनले घरायसी विवादमा दुबैजनाबीच विवाद हुँदा घटना घटा घटेको बताए ।प्रहरीले यस घटनामा बन्चरो प्रहार गर्ने बुवा सोनाईलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छन् ।