अफगानिस्तानमा तत्कालै ३ अर्ब अमेरिकी डलर मानवीय सहायताको खाँचो

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ ।

 

 

हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।

 

 

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ ।

 

 

 

यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

 

 

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४ अर्ब ४० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो ।

 

 

 

त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले जनाएको हो ।

 

 

 

यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन । जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ ।