खेलाडीहरुले मुटुबाट खेले,जित महत्वपूर्ण छ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् । तर केही अवसर खेर फालेको भन्दै उनले पूरा सन्तुष्ट भने नभएको उनले बताए ।

 

 

शनिबार मरिससविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए । साफ खेलकुदपछिको राम्रो खेल शनिबारको भएको उनले बताए ।

 

 

 

‘मलाई लाग्छ खेलाडीहरुले मुटुबाट खेले, जित महत्वपूर्ण छ तर म सन्तुष्ट छैन । उनीहरुले ३ अवसर पाएका थिए’ उनले भने ।

 

 

 

मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार खेलेका केही खेलाडी परिवर्तन गर्ने बताएका छन्।

 

 

मैत्रीपूर्ण खेल महत्वपूर्ण भए पनि आफूहरुको लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको उनको भनाई छ ।