नेपाल कम्युनिष्ट पार्टी भन्यो अनर्गल प्रचारको भ्रममा नपर्न सबैमा आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले केही दिनयता नेपाल कम्युनिष्ट पार्टीको नाममा भ्रम छर्ने गरी अनर्गल प्रचार भएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

सो पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीद्वारा आइतबार जारी गरिएको प्रेस बिज्ञप्तिमा पार्टीपंक्ति तथा जनपंक्तिमा यस्तो आग्रह गरेको हो ।

 

 

 

केही समययता सो पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदी सहित ८ जना केन्द्रीय सचिवालय सदस्यको नाममा सोही पार्टीका अध्यक्ष ऋषि कट्टेललाई उक्त पार्टीको साधारण सदस्यबाट नरहने गरी अध्यक्ष पदबाट हटाइएको भनेर प्रचार गर्ने जस्ता गतिविधि भइरहेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

ती आठ जनामध्येका १ जना सत्यनारायण मुखियाले भने आफू त्यस गतिविधिमा सामेल नरहेको बताउनु भएको र बाँकी ७ जना मध्ये पनि शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई गुटबन्दी र आर्थिक अपचलन गरेको उजुरी परेपछि उक्त पार्टीको केन्द्रीय कार्यालयले २०७८ पुस २६ गते सो पार्टीको सदस्य समेतबाट निम्वलम्बन गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल त्यस पार्टीका १३ जना सचिवालय सदस्य कार्यरत रहेका छन् ।

 

 

२०७८ पुस १७–१९ गते जनकपुरधाममा सो पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय समितिको बैठक भने सो सम्मेलन सम्पन्न भएपछि कोभिडको ओमिक्रोन भेरियन्टको संक्रमणका कारण बस्न सकेको छैन ।

अब बस्ने बैठकबाट आवश्यक निर्णय लिने ऋषि कट्टेल नेतृत्वको नेकपाले जनाएको छ ।