एमाले सम्बद्ध अनेरास्ववियुले पुल्चोकमा मन्त्रीको बाटो छेकेर देखायो कालो झण्डा

काठमाडौं ।ललितपुरको पुल्चोकमा नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई घेरा हालेर कालो झण्डा देखाएका छन्।

 

 

 

उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रहरी आएर प्रदर्शनकारीलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।अनेरास्ववियुकाे केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाए हाे।

 

 

 

 

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाइ हाे। मन्त्री कार्की निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।