सच्चा क्रान्तिकारीका लागि प्रचण्ड भन्दा विप्लव घातक :सीपी गजुरेल

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) वरिष्ठ नेता सीपी गजुरेलले प्रचण्ड भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव क्रान्तिकारीहरूको लागि धेरै नै घातक भएको बताउनु भयो।

 

 

क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले  पार्टी कार्यालय ललितपुरको कुपोण्डोलको कार्यक्रममा बाेल्दै नेता गजुरेलले अब पार्टी एकता नभए पनि पुर्नमिलन गर्दै छरिएर रहेका सच्चा क्रान्तिकारीहरूलाइ गाेलबन्द गर्ने बेला आएको बताउनु भयाे। 

 

 

  क्रान्तिकारी माओवादी का स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

 

 

पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबी गर्नुभयो ।

 

 

 

अहिले गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । कार्यपालिका,व्यवस्थापिकामा सङ्कट आएको उनीहरूले नै बताउने गरेको वरिष्ठ नेता गजुरेलले बताउनु भयो।

 

 

 

 प्रतिक्रियावादीहरूको एउटा हिस्साले सङ्कटै सङ्कट भनिरहेको छ। न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ रुन्यायाधीशहरू काम गर्न छोडेर आन्दोलनमा छन्।

 

 

 

एउटा त्यही न्यायपालिका छ, भन्ने थियो त्यही पनि अहिले असफल भएको छ। त्यस्तै कार्यपालिकाको पनि अहिले असफल भएको छ । व्यवस्थापिकाको त अझ हालत सबैले देखि सकेका छौं असफल भन्नै पर्दैन होला गजुरेलले भन्नुभयो। 

 

 

 

देशको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको वरिष्ठ नेता सीपी गजुरेलले बताउनुभयो।

 

 

अब एक पछि अर्को गर्दै क्रान्तिकारीहरू एक हुने बेला भएको र प्रचण्ड भन्दा पनि विप्लवले क्रान्तिकारी धारमा बढी विचलन ल्याउने काम गरेको नेता गजुरेलले टिप्पणी समेत गर्नुभयो। 

 

 

 

क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्तिको लागि भन्दै उनले पुनर्मिलनमा आउन सबैलाइ आग्रह समेत गर्नु भयो।

 

 

 विप्लव र प्रचण्डजी शान्तिपूर्ण तरिकाबाट र निर्वाचन गरेर समाजवाद आउँछ भन्ने कुरा माक्र्सवादमा लागू नहुने  नेता गजुरेलले बताउनु भयो।

 

 

 

विप्लव नेकपाले देश र जनताको लागि संघर्ष नभई ब्यक्ति केन्द्रित भई तीन बुँदे सहमति गरेको अहिले छताछुल भएको वरिष्ठ नेता गजुरेलले बताउनु भयो।

 

 

क्रान्तिकारीहरूले अब यसरी नै पुर्नमिलन गर्दै सच्चा क्रान्तिकारीहरूलाइ एकता गर्दै अगाडी बढ्नु पर्ने बेला आएको उहाँले बताउनु भयो।

 

 

 

पुर्नमिलन  कार्यक्रमको अध्यक्षता गरेका अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले अबको यो पुर्नमिलन कार्यक्रमले हाम्रो विद्यार्थी संगठनमा नयाँ आयमको सुरूवात भएको बताउनु भयो।