नेपालमा थप ३,१७५ जनामा कोरोना संक्रमण पुष्टि, थप १४ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

 

 

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै,थप १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।