एमसीसी विरुद्ध क्रान्तिकारी माओवादी चितवनको विरोध सभा सम्पन्न

चितवन । नेकपा (क्रान्तिकारी माओवादी ) चितवनको आयोजनामा एमसीसी विरुद्ध आज बृहत् विरोध र्याली तथा विरोधसभा कार्यक्रम सम्पन्न गरिएको छ।  
 
 
 
राष्ट्रिय स्वाधीनताको पक्षमा र एमसीसीको विरोधमा लायन्स चोकबाट नाराबाजीसहित शुरु गरिएको विरोध कार्यक्रम पुलचोक गएर विरोधसभामा परिणत भएको थियो।
 
 
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) चितवनका ईन्चार्ज घननाथ सापकोटा “क.विकास” ले सम्बोधन गर्दै राष्ट्रियताले देश जुरमुर्याएको बेला राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट संसदहरुले पास गर्न खाेजे देश गृहयुद्धको भुमरीमा फस्ने र जनताको आन्दोलन कसैले पनि राेक्न नसक्ने भन्दै संसदहरुको चिहान खन्न देशभक्त नेपालीहरू तयार भइसकेकाे चेतावनी दिनुभयाे।
 
 
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) का चितवन सेक्रेटरी अशोक शर्मा ” क. हेमन्त ” ले समेत देश एमसीसीका विरुद्ध एकढिक्का भइसकेका बेला राष्ट्रघाती देउवा मण्डलीको गठबन्धन सरकारले एमसीसी पास गर्न खोजे यो आत्मघाती कदमको सशक्त प्रतिवाद गर्न जनताहरूको शक्तिलााइ कसैले पनि नराेक्ने बताउनु भयाे।
 
 
 
कार्यक्रममा नेकपा (क्रान्तिकारी )का सहिद परिवारका कमरेड खडग बहादुर कुँवर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण सुनार, देशभक्त जनगणतान्त्रिक मोर्चा चितवन अध्यक्ष बाबुराम प्यासी, अखिल नेपाल प्रगतिशील लेखक संघका रविकिरण निर्जीव , अखिल नेपाल सुकुम्बासी संघ (क्रान्तिकारी ) का नरबहादुर गौतम लगायत चितवन जिल्लाका क्रान्तिकारी माओवादीका कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा बढ्दो महंगी नियन्त्रण गर, एमसीसी मुर्दावाद , राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा उच्च स्वरमा घन्काईएको थियोे।