एमसीसी सम्झौताको खारेजीको माग गर्दै उदयपुरमा संयुक्त विरोध प्रदशन

गाइघाट,उदयपुर। एमसीसीको सम्झौताको खारेजीको माग गर्दै ६ दलीय मोर्चाको कम्युनिस्ट घटकले मंगलबार उदयपुरको सदरमुकाम गाइघाटमा संयुक्त बिरोध सभा सम्पन्न गरेका छन् ।

 

 

 

उक्त बिरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का नेता अम्मर परियार, नेकपा बिप्लब स्थानीय नेता मीनप्रसाद पोखरेल, बैज्ञानिक समाजबादीका के।स।गोकुल चाम्लिङ, नेकपा मालेका के।स।राम प्र।चौलागाईं र नेकपाका रामकुमार चौधरीले सम्बोधन गरेका थिए ।

 

 

 

उक्त बिरोध सभामा नेपालमा एमसिसी अफाबसिद्ध हुने भएकोले जसरी पनि उक्त संझौता खारेजी हुनुपर्ने बताउंदै क्रान्तिकारीहरुले साम्राज्यवादको हरेक षड्यन्त्रलाई कहिले नछाड्ने धारणा राखेका थिए ।

 

 

 

नेपालको कानुन भन्दामाथी एमसीसीलाई राखेर नेपालका संसदवादी दलहरुलाई प्रलोभनमा पारी अमेरिकाले नेपालमा बितण्डा मच्चाउन लागेको आरोप वक्ताहरुले लगाएका थिए ।