एमाले निकट युवा संघले गर्यो सरकारविरुद्ध प्रदर्शन

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिहीबार युवा संघले काठमाडौँमा विभिन्न माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो।

 

 

 

युवा संघको कार्यालयबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले टाउकोमा कालो पट्टि बाँधेका थिए भने कालो टिसर्ट लगाएका थिए।

 

 

 

युवा संघका कार्यकर्ताले ‘मूल्यवृद्धि खारेज गर, मन्त्री रेणु यादवलाई बर्खास्त गर, गुमेको भूभाग फिर्ता गर, खोप चोरी प्रकरण सार्वजनिक गर, स्वास्थ्यमन्त्रीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।