सरकारको फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय

काठमाडौं । सरकारले फागुन १ गतेदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

 

 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने बताए ।

 

 

 

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागुन १ गतेबाट बुस्टर डोज दिइने छ। पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्ने  छन्।

 

 

 

 

मन्त्रालयले बिहिबार दुबै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना प्रकाशित गरेको थियो । बुस्टरको रुपमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयको जनाएकाे छ ।

 

 

 

 

साथै मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयलाई खोप उपलब्धताको आधारमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप बुस्टर डोज प्रदान गर्न भनेको छ।

 

 

 

मन्त्रालयले बुस्टर डोजमा फ्रन्टलाइनर, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिइने जनाएको छ ।