नेपालमा थप १,१२८ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ जनाको मृत्यु

काठमाडौं ।नेपालमा थप १,१२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २० हजार नौ सय ८९ वटा नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

 

 

 गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ।
शुक्रबार २ हजार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १७ हजार ४४७ पीसीआर तथा ३ हजार ५ सय ४२ एन्टिजेन परीक्षण भएको छ।