क्रान्तिकारी माओवादीले फागुन १ गते जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह भव्य रुपमा मनाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न स्थायी समितिको बैठकले फागुन १ गतेको जनयुद्ध दिवस र फागुन–१४ देखि २१ गतेसम्मको सहिद सप्ताह विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

 

 

 निर्णय कार्यान्वयनका लागि सबै पार्टी कमिटिहरुमा सर्कुलर समेत गरिसकिएको पार्टी हेडक्वार्टर स्रोतले जनाएको छ ।

 

 

नेकपा (क्रान्तिकारी माओवादी)ले जनयुद्ध दिवस र सहिद सप्ताहलाई उच्च प्राथमिकताका साथ विभिन्न कार्यक्रम मार्फत् मनाउँदै आएको छ।

 

 

 

जनयुद्धले उठाएका राजनीतिक मुद्दाहरु अर्थात् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु सामाधान नभएको र अझ विकराल बन्दै गएको अवस्थामा जनयुद्ध दिवस र बलिदान दिवसलाई प्रमुखताका साथ मनाउँदै क्रान्तिकारी माओवादीले निरन्तर क्रान्तिको उद्घोष गर्दै आएको छ ।

 

 

 

 

 

सामन्तवाद र साम्राज्यवादका विरुद्ध निर्णायक लडाइँ लडेर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल उद्देश्य राखेर सुरु गरिएको जनयुद्ध दशवर्षसम्म सञ्चालन भएको थियो ।

 

 

 

 

दशवर्षे जनयुद्धकै बलमा सामन्तवादको राजनीतिक प्रतिनिधिको रुपमा रहेको सामन्ती राजतन्त्रको अन्त्य भएर गणतन्त्रको घोषणा भए पनि साम्राज्यवादका विरुद्ध लडेर राष्ट्रलाई पूर्ण रुपमा स्वाधीन र आत्मनिर्भर बनाउने कार्यभार भने सिंगै बाँकी छ ।

 

 

 

स्थापित गणतन्त्र गणतन्त्र पनि अहिले दलाल तथा नोकरशाही पुँजीपतिको हातमा पुगेको छ ।

 

 

 

यो सत्ता र व्यवस्थाले अहिले तिनै साम्राज्यवादी शक्तिको दलाली गरेर आफ्नो सत्ता टिकाउने खेलमा दौडधुप गरिरहेको छ र क्रान्तिकारी परिवर्तनको प्रतिक्रयालाई अबरुद्ध पारिरहेको छ ।

 

 

 

जनयुद्धको बाँकी कार्यभार पूरा गरेर नेपालमा नयाँ जनवादी सत्ता स्थापित गर्ने र वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने मुख्य कार्यभार आजको कार्यभारको रुपमा रहेको छ ।

 

 

 

छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध भएर यो कार्यभार पूरा गर्ने ऐतिहासिक संकल्प गर्नु नै जनयुद्ध दिवस मनाउनुको सार्थकता रहन्छ।

 

 

 

यही उद्देश्यलाई केन्द्रमा राखेर नै क्रान्तिकारी माओवादीले जनयुद्ध र बलिदान दिवस भव्य रुपमा मनाउन लागेको सम्बद्ध स्रोतले जनाएको छ।