कोरोना संक्रमणले थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

 

 

 

 

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ।आइतबार ३ हजार ९३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

 

हाल देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ६ हजार ३७ पीसीआर तथा ४ हजार ८७ एन्टिजेन परीक्षण भएको छ।