जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा टीभीएस स्कुटरमा नयाँ योजना

काठमाडौं। नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ।

 

 

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ।

 

 

स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो।यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ।

 

 

 

योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँसम्मको स्योरसट नगद छुटको साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्ट फोन जित्ने मौका पाउने जगदम्बा मोटर्सले जनाएको छ।

 

 

 

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ।

 

 

 

यस योजनाअन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

 

 

यो योजना माघ २५ देखि फागुन ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।